बुधबार, भाद्र ३ गते २०८३
images

न्युजिल्यान्ड बिरुद्दको टि२० सिरिजमा भारतको क्लिनस्विप!


  • 2.3K
    SHARES
  • मंसिर ६, २०७८ सोमबार
    विश्वकप  बाट चाडै घर फर्किएर आलोचनाको सिकार भएको भारतले न्युजिल्यान्ड बिरुद्द  हिजो सम्पन्न ३ म्याचको टि२० सिरिजमा क्लिनस्विप गर्न सफल भएको छ! नया कोच अनि कप्तान राहुल द्रबिड र रोहित शर्माको रुपमा पहिलो अन्तरास्ट्रिय सिरिजमा भारतले शानदार प्रदर्शन गरेको हो!!
    हिजो सम्पन्न तेस्रो एबम अन्तिम खेलमा न्युजिल्यान्ड लाई ७३ रनले हराउन सफल भयो! पहिलो ब्याटिङ गरेको भारले २९ ओभरमा ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो उस्का लागि कप्तान रोहित शर्माले सर्बाधिक ५१ रनको योगदान दिएका थिए भने न्युजिल्यान्ड का मिचेल सान्ट्नरले सर्वाधिक ३ बिकेट लिन सफल भए, जबाफी ब्याटिङ थालेको न्युजिल्यान्ड अक्सर पटेलको घातक बलिङसामु निरीह साबित भएको थियो र १७.२ ओभरमा केवल १११ रनमात्र बनाउन सक्यो उस्का लागि ओपनर मार्टिन गुपटिलले सर्वाधिक ५१ रन जोडेका थिए बने घातक बलिङ गरेका भारतका अक्सर पटेलले ३ बिकेट लिएका थिए!
    खेलको म्यान अफ द म्याच अक्सर पटेल र म्यान अफ द सिरिज रोहित शर्मा घोषित भए!

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार