बुधबार, भाद्र ३ गते २०८३
images

युएईसङको हारसङै नेपाली महिला क्रीकेट टिमको ग्लोबल बिश्वकप छनौट खेल्ने सपना समाप्त।


  • 3.9K
    SHARES
  • मंसिर १२, २०७८ आइतबार

    युएई मा जारी ग्लोबल बिश्वकप एसियाली छनौट अन्तरगत आज भएको महत्वपूर्ण खेलमा युएईसङ४८ रनले पराजित भएसङै नेपाली महिला क्रीकेट टिम टि ट्वान्टी बिश्वकप ग्लोबलमा छनौट हुन असफल भएको छ।  युएईलाई राम्रो अन्तरमा हराउनुपर्ने दबाबसहित मैदानमा उत्रिएको नेपालि महिला टोलिले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। युएईले निर्धारित २० ओभरमा  ५ बिकेट गुमाउदै १२७ रन बनाएको थियो। युएईका लागि चमानी सेराभिरात्नले सर्वाधिक ५२ रन बनाईन भने थिर्था सतिशले ४७ र कभिशा ईगोडागेले २२ रनको योगदान दिईन। बलिङतर्फ  नेपालका कबिता कुवरले २ तथा सीता रानामगर, सबनम राई र संगीता राईले समान १/१ विकेट लिएका थिए। प्रत्युत्तरमा नेपाली टोलि १९.४  ओभरमा ७९ ​रनमा अलआउट हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। नेपालले सो लक्ष्य १८.४ ओभरमा भेट्टाएको भए आगामी चरणको लागि छनौट हुनेथियो। कमजोर ब्याटिङ  गरेको नेपालका लागि इन्दु बर्माले सर्वाधिक १५ तथा सिता रानामगरले १३ रन बनाईन अन्यले दोहोरो अङक समेत छुन सकेनन। नेपाललाई सस्तैमा समेट्न युएईकि समिरा धर्निधर्काले ४ ओभरमा मात्र ५ रन खर्चिएर ४ विकेट लिईन भने चमानी सेराभिरत्ना र खुशि शर्माले २/२ विकेट लिएका थिए।
    पहिलो खेलमा हङकङ सङ पराजित भएको नेपालले त्यसपछी भुटान , कुवेत तथा मलेसिया लाई पराजित गरेको थियो। आजको जितसङै सतप्रतिशत जितको नतिजा सहित युएई टि ट्वान्टी बिश्वकपको ग्लोबल छनौट खेल्नको लागि छनौट भएको छ।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार