काठमाडौ , दुबई उड्न लागेका ७६ जनालाई हिजो त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल अध्यागमन कार्यालयले बिमानस्थल बाटै फिर्ता गरेको छ। ललितपुर स्थित सुभेक्षा सहकारी बाट दुबई भ्रमण जान लागेका उनिहरुलाई मानब ओसारपसारको आशङकामा फिर्ता पठाईएको अध्यागमन कार्यालयले जनाएको छ। फिर्ता भएकाहरु मध्ये धेरै महिला रहेका छन भने उनिहरुसङ सहकारीसङ सम्बन्धित कागजात समेत नरहेको बताईएको छ। मानव ओसारपसार गर्ने गिरोहले सहकारी तथा अन्य संघसंगठनहरु मार्फत भ्रमण तथा बिदेश मा कार्यक्रम मा सहभागीको नाममा बिदेश पुर्याउने र उनिहरुलाई अबैध रुपमा घरेलु तथा अन्य काममा लगाउने गरेको आशङका गरिएको छ।