अर्को बर्ष अक्टोबर / नोभेम्बर मा अस्ट्रेलियामा हुने टि-ट्वान्टी बिश्वकप क्रीकेट प्रतियोगिता को ग्लोबल छनौट अन्तरगत नेपाल समूह A मा परेको छ । यो समुहमा नेपालसङै आयरल्यान्ड, ओमान, युएई, क्यानडा, जर्मनी , बहराइन र फिलिपिन्स रहेका छ्न भने समूह B मा जिम्बाबे, नेदरल्यान्ड, पपुवा न्युगिनी, सिंगापुर, जर्सी, हङकङ , अमेरिका र युगान्डा रहेका छन। समूह A का खेलहरु ओमानमा हुनेछन भने समूह B का खेलहरु जिम्बाबेमा हुनेछन। दुबै समुहबाट शिर्ष २ टिम बिश्वकपको लागि छनौट हुनेछन। छनौट खेलहरु २०२२ को फेब्रुअरीमा हुनेछ्न।