काठमाडौं ।चन्द्रलोक प्रतिष्ठानले स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर रंगीना लाइकर्गबमलाई सम्मान गरेको छ । महिला स्वास्थ्य सेवाको विकास र स्वस्थ्य राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान रहेको भन्दै प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा डा. लाइकर्गबमलाई स्वस्थ्य सेवा सम्मान गरेको हो । सामाजिक रुपान्तरणमा नागरिकको सेवा र स्वास्थ्य क्षेत्रको विकासमा सक्रिय भएर लागेकोले प्रतिष्ठानले प्रशंसा गरेको छ । स्त्री तथा प्रसुती विशेषज्ञहरुमा उनी नेपालको उत्कृष्ट भित्र पर्छिन ।