जेष्ठ २३, काठमाण्डौं - काठमाण्डौं महानगरपालिकाले महानगर भित्र रहेका निजि तथा संस्थागत बिधालयहरुले शैक्षिकसत्र २०८० मा कक्षा १० सम्मका बिद्यार्थीलाई दिईनु पर्ने छात्रवृत्ति सम्बन्धित नियमावली २०७४ को नियम ५८ र ५९ तथा काठमाण्डौं महानगरपालिकाको शिक्षा ऐन २०७५ को दफा ५० को उलंघन गरि हाल सम्म छात्राबृत्ती वितरणको विवरण पेश नगर्ने विद्यालयहरुको सुचि आफ्नो वेबसाईटमा सार्वजनिक गर्दै अनुमती रद्ध गर्ने चेतावनी दिएको छ।
महानगरले छात्रवृत्तिको विवरण यहि जेष्ठ २८ गतेसम्म विवरण बुझाउन साथै नबुझाएमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने जानकारी सुचनामार्फत दिएको हो। 