सरकारले कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाएको सबै प्रतिबन्धहरु आजबाट हटाएको छ । आज उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले यसअघि जारी गरिएका सबै प्रतिबन्धहरु हटाउने निर्णय गरेका हुन् । कोरोना संक्रमणको दर घट्दै गएको भन्दै फागुन २१ गते शनिबारदेखि लागू हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको सुचना मार्फत जनाएको हो ।
प्रचलित कानुन अनुसार राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न र गराउन पाउनेछन् । तर कुनै पनि कार्य गर्दा प्रचलित स्वास्थ्य मापदण्डलाई भने पालना गर्न आग्रह गरिएको छ ।
सरकारले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकारका मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस तथा कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८, संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी आदेश तथा सुचना जारी गरेको हो ।
