सोमबार, भाद्र १ गते २०८३
images

उच्चको आदेश: भन्सार एजेन्टको लाइसेन्सको परिक्षा रोक्नु


  • 3.5K
    SHARES
  • फाल्गुण २७, २०७८ शुक्रबार

    २६ गते बिहीवार उच्च अदालत पाटनका न्यायधीश भोजराज अघिकारीको एकल इजलासले चैत ६ गतेसम्म भन्सार एजेन्टको लाइसेन्सको परिक्षा अघि नबढाउन अल्पकालिन आदेश दिएको छ। विभागले संविधानको धारा ४२ बमोजिम समावेशी सिद्धान्तका आधारमा कोटा निर्धारण नगरी परीक्षा सञ्चालन गर्न लागेको भन्दै अदालतले १५ दिनभित्र सरकारी वकिल कार्यालयबाट जवाफ पेश गर्न भनेको छ।

    Patan-High-Court.jpg

    भन्सार एजेन्टको लाइसेन्सको लागि बिभागले मिती २०७७/१२/१६ गते भन्सार नियमावली अनुसार प्रथम पटक ६६० जनाको दरबन्दीका लागि  सुचना प्रकासित गरेको थियो । बिभगले कहिले कोभिड त कहिले अन्य कारण देखाउदै परीक्षा स्थगित गर्दै आइरहेको थियो । विभागले फागुन २८ गते शनिबारका दिन परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार