भारतमा भएको विधानसभा निर्वाचनमा आइ कांग्रेसले लज्जास्पद पराजय भोग्नु परेको र पार्टी भित्र निकै ठुलो हलचल मच्चिएको छ । यसैको छलफलका लागि अखिल भारतीय कांग्रेस कार्यसमितिको बैठक बस्दै छ। असन्तुष्ट कांग्रेस क्याम्पले कांग्रेसको पूर्णकालिक अध्यक्षको माग फेरि उठाएको छ । यूपी, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरको विधानसभा चुनावमा कांग्रेसले लज्जास्पद हार बेहोर्नु परेको हो। लाजमर्दो हारबारे छलफल गर्न दिग्गज नेताहरुको बैठक बसी थप रणनीति तय गर्ने छन ।
भारतको राजनीतिको असर नेपालमा पनि देखिने गरेकोले भारतमा आइ काङ्रेसले आफ्नो अस्तित्व जोगाउन नै धौ धौ परी रहेको बेला त्यस्को बाछिट्टा नेपालमा नेपाली काङ्रेसमा कस्तो देखिएला समय ले देखाउने नै छ।