युएनएचसीआरले रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण विश्वव्यापी शरणार्थीहरू संकट अझ विकराल हुने सम्भावना रहेको बताएको छ ।
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (UNHCR) का प्रमुख फिलिपो ग्रान्डीले शुक्रबार युक्रेनलाई सहयोग गर्ने देशहरूलाई "अन्य संकटलाई बेवास्ता नगर्न" चेतावनी दिए। उनले युक्रेन संकटसँग सम्बन्धित उच्च खर्चका कारण वैदेशिक विकास सहायता सम्बन्धित अन्य कुनै बजेटहरु कटौती नगर्न ईयू सदस्यहरू र अन्य देशहरूलाई आग्रह गरे। ग्रान्डीले थप्दै भने यदि अन्य संकटहरूलाई बेवास्ता गरियो भने, "यसले ब्याक फायर गर्नेछ"।
युएनएचसीआरले रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण विश्वव्यापी शरणार्थी सङ्कट पनि विकराल हुने सम्भावना रहेको बताएको छ । ग्रान्डीले रसिया युक्रेन युद्धले विश्वलाई थप नाजुक अवस्था ल्याउने खतरा बढेको भन्दै चिन्ता गरेका छन, खाद्य सुरक्षा, ऊर्जा संकट, मूल्यवृद्धि, अस्थिरता, र त्यसपछि यसले थप विस्थापन निम्त्याउन सक्छ," युक्रेनबाट लगभग ६० लाख शरणार्थीहरू छिमेकी देशमा शरण लिएर बसिरहेका छन भने ८ लाख मानिसहरू देश भित्र नै विस्थापित भएका छन्"।
ग्रान्डीले भने “दुर्भाग्यवश विश्वभरी विस्थापितहरुको संकट दिनानुदिन बढ्दै गइरहेको छ। मलाई लाग्छ यो एउटा महत्त्वपूर्ण सन्देश हो कि त्यहाँ युक्रेन मात्र छैन र हामीले बाँकीलाई पनि बिर्सनु हुँदैन।"