बुधबार, भाद्र ३ गते २०८३
images

विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

  • 2.3K
    SHARES
  • फाल्गुण ११, २०७५ शनिबार

    एजेन्सी । भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । 
    अन्य २०० जना विरामी भएर अस्पतालमा रहेका अधिकारीहरुले शनिबार जनाएका छन् । मृत्यु भएका र विरामी भएका सवै जना मजदुर रहेको बताइएको छ । 

    यो बाहेक भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ता भित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ । 

    “हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार गोलाघाटमा गत बिहीबार रातीदेखि अहिले सम्म मृत्यु हुनेको संख्या ५० पुगेको छ,” आसामको गोलाघाट जिल्लाका उप आयुक्त धिरेन हजारिकले भने । 

    अर्का सरकारी अधिकारीले छिमेकी जिल्ला जोर्हाटमा विषाक्त मदिरा सेवनका कारण १९ जनाको मृत्यु भएको जानकारी दिएका छन् । 
    देशको उत्तरपूर्वी राज्य आसाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । मृत्यु भएका र विरामी भएका मध्ये धेरै जना महिला रहेका छन् । 

    “विरामी भएका मध्ये धेरैले बान्ता गर्दै अस्पताल आएका थिए, अत्यधिक पिडा भएको र श्वासप्रश्वासमा गाह्रो भएको बताएका थिए,” अस्पतालका एक जना चिकित्सक रातुल बोर्डोलोइले भने । 

    आसामका मुख्य मन्त्री सर्वानन्द सोनोवालले घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएका छन । प्रदेश प्रहरीले घटनामा दोषी भएको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

    भारतमा विषाक्त मदिरा सेवनका कारण हरेक बर्ष सयौंको मृत्यु हुने गरेको छ । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार