बुधबार, भाद्र ३ गते २०८३
images

आज माघे सक्रान्ती के रहेको छ यस्को महत्व?


  • 2.2K
    SHARES
  • माघ १, २०७९ आइतबार

    माघ १, काठमाण्डौ - माघे संक्रान्ति माघको १ गते अर्थात १५ जनवरीमा पर्छ । यसलाई मकर संक्रान्ति वा माघी पनि भनिन्छ । माघे संक्रान्ति नेपालमा मनाइने प्रमुख चाड हो । सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने दिनलाई संक्रान्ति भनिन्छ । सूर्य माघ १ गते मकर राशिमा प्रवेश गर्ने हुँदा पहाडी समुदायमा यसलाई मकर संक्रान्ति भन्ने गरिन्छ । maghe 1.jpg

    माघे सक्रान्ती मधेसी र थारु समुदायहरुले भब्यरुपमा मनाउने गर्छन् । सूर्य देवताको सम्मानमा यो चाड पर्व विक्रमी क्यालेन्डरको सौर्यचक्र पछ्याउने अन्य चाडपर्वहरू भन्दा फरक छ । माघे संक्रान्तिलाई नेपाली संस्कृतिमा अशुभ चरणको अन्त्य भई शुभ चरणको शुरुवातीको रूपमा लिइन्छ ।

    माघीको दिनमा परिवारमा कुनै पनि शुभ र पवित्र अनुष्ठान गर्न सकिने जनविश्वास रहेको छ । वैज्ञानिक दृष्टिकोणमा यो दिनलाई रातको तुलनामा तातो र लामो दिनको सुरुवातीको रुपमा हेरिन्छ । अर्को शब्दमा भन्नुपर्दा, संक्रान्तिले जाडो मौसमको अन्त्य र नयाँ फसल वा वसन्त ऋतुको सुरुवातलाई जनाउछ ।maghe 2.jpg

    नेपाली परम्परा अनुसार आज तरुल, सख्खरखण्ड, तिलको लड्डु, चाकु, लगायत बिभिन्न मिष्ठान्न परीकारहरु बनाएर खाने चलन रहेको छ । आज देशभरका नदी र तलाउहरुमा गएर स्नान गर्ने परम्परा रहेको छ साथै देशका बिभिन्न ठाउँहरुमा मेला लाग्ने गरेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार