बिहीबार , कार्तिक २० गते २०८३
images

राष्ट्रिय एकता दिवस धुमधामसँग मनाइँदै, आज सार्वजनिक बिदा


  • 1.5K
    SHARES
  • पौष २७, २०७९ बुधबार

    पौष २७, काठमाडौं- पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा आज बिभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । यस अवसरमा गठबन्धन सरकारले पहिलो पटक आज सार्वजनिक बिदा पनि दिएको छ ।

    पृथ्वीनारायणको यो ३०१ औँ जन्मजयन्ती हो । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

    विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह गोर्खाका राजा भएका थिए । त्यसअघि नेपालमा ५२ राज्यहरु थिए । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरी बिशाल नेपाल को एकिकरण गरेका थिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल लगाएत बिशिस्ट ब्याक्तीहरुले आज गोर्खा गएर राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रम रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार