माघ २६, टर्की - टर्की र सिरियामा गएको भुकम्पमा परि मृत्यु हुनेको संख्या १५ हजार ३८३ पुगेको छ । टर्कीमा १२ हजार ३९१ जना, सिरियामा २ हजार ९९२ जनाको मृत्यु भएको हो । टर्कीमा घाइतेहुनेको संख्या ६२ हजार ९९४ पुगेको छ भने सिरियामा घाइतेको संख्या ६ हजार ३७० पुगेको जनाइएको छ । 
मौसमको प्रतिकुलताका कारण उद्धारमा समस्या र कमजोरी भएको राष्ट्रपति रेसेप तैयप एर्दोआनले प्रतिक्रिया जनाएका छन । भुकम्पका कारण कयौं घरहरु भग्नावषेशमा परिणत भएका छन । टर्की र सिरियामा गत सोमबार विहान र दिउँसो दुई पटक ७.७ र ७.६ म्याग्निट्युडको भुकम्प गएको थियो । -सबह दैनिक 