आइतबार, श्रावण ३१ गते २०८३
images

इरानले बनायो आवाजभन्दा छिटो उड्ने हाइपरसोनिक मिसाइल


  • 1.3K
    SHARES
  • फाल्गुण १३, २०७९ शनिबार

    फाल्गुन १३, काठमाण्डौं - इरानले लामो दुरीको हाइपरसोनिक मिसाइल विकास गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूले भनेका छन् यो क्षेप्यास्त्र पर्शियन खाडी क्षेत्रमा कुनै पनि अमेरिकी सैन्य आधारमा पुग्न सक्षम छ। पूरै इजरायल यस मिसाइलको दायरामा छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको एयरस्पेस डिभिजनका कमाण्डर अमिर अली हाजिजादेहले नयाँ हाइपरसोनिक मिसाइलले १६५० किलोमिटरको दूरीमा रहेको लक्ष्यलाई प्रहार गर्न सक्ने बताएका छन् ।


    हाजिजादेहले यो मिसाइल प्रयोग गरेर इरानले अब २००० किलोमिटरको दूरीमा रहेको अमेरिकी विमानवाहक जहाजलाई निशाना बनाउन सक्ने दाबी पनि गरेका छन्। इरानी अधिकारीहरूले यो क्षेप्यास्त्र लामो दूरीको आक्रमणको लागि विकसित हुन सक्ने दाबी गरे। इरानले आफ्नो मिसाइल म्याच १२ देखि १३ (आवाजको गति १२ देखि १३ गुणा) मा पुग्न सक्ने दाबी गरेको छ । उनले यो मिसाइल कुनै पनि वायु रक्षाबाट बच्न सक्षम रहेको बताए।  

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार