सोमबार, भाद्र १ गते २०८३
images

ज्वालामुखीपछिको आँधीका कारण २२२ जनाको मृत्यु

  • 3.0K
    SHARES
  • पौष ८, २०७५ आइतबार

    इन्डोनेसिया ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ । 

    इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

    आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार विहान ९।३० मा आँधी आएको हो । 

    नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन् । ती भिडियोहरुमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो । 

    “दृश्यहरु आशु झर्ने खालका थिए,” स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भन्नुभयो । उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् । 

    पछिल्लो विवरण अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या २२२ पुगेको पुष्टी भएको छ भने ८५३ जना घाइते भएका र २८ जना बेपत्ता भएका छन् । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार