असोज १५, काठमाण्डौं - नेपालवाट जापान पठाउने १४ वटा मेनपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कामकारबाही स्वरुप लाइसेन्स निलम्बन गरेको छ। ती मेनपावरहरुले श्रम स्वीकृतिका लागि किर्ते कगजात पेश गरि कामदार जापान पठाएकाले निलम्बन गरेको विभागले जनाएको छ।
विभागमा परेको उजुरी पश्चात् अनुसन्धान गर्दा मेनपावरको संलग्नता देखिन आएको भन्दै विभागले निलम्बन गरि थप अनुसन्धान थालेको छ।
जापान कामदार पठाउनकालागी मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारीमा जाने ब्याक्तिहरुको तालिम लिएको नक्कली प्रमाणपत्र पेश गरेको बिभागको ठहर छ। निलम्बनमा परेका मेनपावर कम्पनी निम्न अनुसार रहेका छन। 