बिहीबार , कार्तिक २० गते २०८३
images

अरुण चौधरी सहित तीन जना पक्राउ

  • 1.6K
    SHARES
  • माघ १८, २०८० बिहीबार

    काठमाण्डौं - बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा सीआईबीले ब्यवसायिक घराना चौधरी ग्रुपका एक संचालक तथा सिजी होल्डिङ्स प्रा. लि. का संचालक अरुण चौधरी सहित आम्रपाली कन्सट्रक्सनका संजय ठाकुर र तत्कालीन संचालक समितिका अध्यक्ष अजित नारायणसिंह थापालाई पक्राउ गरेको छ।

    बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सी जी रेसिडेन्सी प्रा. लि. को नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि तिनै जनालाई नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेको हो।

    २०२० सालमा चीन सरकारको अनुदानमा स्थापना भएको बाँसबारी छाला जुत्ता कारखाना निरन्तर घाटामा देखाएर कारखानाको जग्गा च्याम्पियन फुट्वेयर कम्पनीलाई बिक्री गरिएको थियो। उक्त जग्गा सरकारी मुल्यांकन भन्दा सस्तो मुल्यमा च्याम्पियन फुटवेयरलाई बेचिएको खुलेको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार