मंगलबार, भाद्र २ गते २०८३
images

चीनमा खानीे दुर्घटनामा २१ जनाको मृत्यु

  • 2.4K
    SHARES
  • फाल्गुण १२, २०७५ आइतबार

    चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । 

    अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदूर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरु २९ जना घाइते भएका छन् । 

    जस्ता र चाँदीको खानीमा स्थानीय समयअनुसार बिहान ८।२० मा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । 

    चीनका कोइला समेतका अरु खानीहरु मानवका लागि विश्वमै निकै जोखिमपूर्ण मानिन्छ । चीनमा बर्सेनि सयौंको खानी दुर्घटनामा परेर मृत्यु हुने गरेको छ । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार