कोरिया जानका लागी रोजगार अनुमती प्रणाली (ईपिएस) मा परिक्षा दिन नपाएका युवाहरुले ईपिएस कार्यालय बालकुमारीमा शान्तिपुर्ण प्रदर्शन गरिरहेका बेला प्रहरी संयम हुन नसक्दा एक प्रदर्शनकारीको मृत्यु र एक जना सख्त घाईते भएका छन।
प्रदर्शनकारीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नंम्वरको गाडिमा आगजनी गरेपछी प्रहरिले गोलि चलाएको थियो। गोली लागेका दैलेखका सुजन राउतको उपचारको क्रममा उनको किष्ट अस्पतालमा निधन भएको हो। अर्का गम्भीर घाईते हुनेमा डोटीका विरेन्द्र शाह रहेका छन । उनको लगायत अन्य घाईतेको किष्ट र पाटन अस्पतालमा उपचार भैरहेको छ।
उच्च अदालत पाटनले दिएको आदेश अनुसार ईपीएस कार्यालयले १८ जनालाई फारम भर्न आज बोलाएको थियो। सुचना अनुसार सुरज पाठक सहित १८ जना बिहान १० बजे नै इपिएसको कार्यालय पुगिसकेका थिए। सीप विल्डिङ क्षेत्रमा आवेदन दिएकाहरुले उत्पादन मुलक क्षेत्रमा आवेदन दिन नपाउने भन्ने थियो । त्यस विरुद्ध अदालत जानेले मात्र पाए तर अन्यले आवेदन दिन नपाए पछि भिड आक्रोशित बन्न पुग्यो । शान्तिपुर्ण हुदाहुदै पनि इपिएस कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले प्रहरीलाई बल प्रयोग गर्न अनुरोध गर्दा गोलि चलाएको एक प्रदर्शनकारीले बताए।
प्रहरीले संयमता अपनाउनु पर्नेमा उत्तेजित भएर गोली चलाएको एक प्रत्यक्षदर्शीले बताए। प्रदर्शनकारीले संयम हुँदै मन्त्री ज्वालालाई गाडीबाट उतारेका र आगो लगाएका थिए।