आइतबार, श्रावण ३१ गते २०८३
images

मन्त्री अधिकारी सहित सातै जनाको शब पोष्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने

  • 3.1K
    SHARES
  • फाल्गुण १६, २०७५ बिहीबार

     काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ।

    पोष्टमार्टम सकेर अपरान्ह तीन बजेदेखि श्रद्धाञ्जलीका लागि सबै शव टुँडिखेलमा राखिने नेकपाले जनाएको छ । तर सातै जनाको शव जलेको अवस्थामा रहेकोले पोष्ट मार्टम गर्न समय लाग्ने देखिएको छ।

    निधन भएका सातै जनाको शव नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइएको छ। नेकपाले अपरान्ह तीन बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन पनि सबैमा आग्रह गरेको छ।

    मन्त्री अधिकारीको अन्त्येष्टि फागुन १७ गते गृहनगर पोखरामा हुने पार्टीले जनाएको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार