काठमाडौं - काठमाडौको कमलपोखरी स्थित सान्दार म: म: रेस्टुरेन्टमा आज बिहान करिब नौ बजे ग्याँस सिलिन्डर बिस्फोट भएको छ।
बिस्फोटमा परि त्यहाँ कार्यरत ११ जना घाइते भएका छन। घाइतेलाई हिमाल अस्पताल लगिएको र सख्त घाइते उदयपुरका संजोग मगरलाई किर्तिपुर वर्न अस्पताल पठाइएको छ।
सिलिन्डर बिस्फोटले रेस्टुरेन्टको सिसा फुटेको, सटर भत्किएको र सिलिङ खसेको छ। घटना स्थलमा नेपाल प्रहरीको विपद व्यवस्थापन टोली र मालीगाउँको प्रहरी टोलीले खोजी कार्य जारी राखेका छन।
