मंगलबार, भाद्र २ गते २०८३
images

एक-दुई लाखमा बलात्कार मुद्दा मिलाउन गाउँपालिका अध्यक्षकै दबाब

  • 3.9K
    SHARES
  • पौष १०, २०७५ मंगलबार

    १० पुष, कपिलवस्तु । गत पुष ७ गते शनिबार भएको बलात्कार घटना पैसा लिएर मिलाउन  गाँउपालिकाका अध्यक्षले नै दबाब दिएका छन् । कपिलवस्तुको  शुद्धोधन गाँउपालिकाकी एक बलात्कृत किशोरीलाई पीडकसँग मिल्न गाँउपालिकाका अध्यक्षले नै दबाब दिएको खुलेको छ । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को  ३१८ औं एपिसोडमा सो घटना देखाइएको छ  ।

    गत पुष ७ गते शनिबार बिहान शुद्धोधन गाँउपालिकाको वडा नम्बर २ मदारगढकी २१ वर्षीया किशोरीलाई सोही स्थानका ३० बर्षिय सोलिन्दर अहिरले जबरजस्ती करणी गरेको युवतीले  आरोप लगाएकी छन । गाँउपालिकाका अध्यक्षले केटीको बिवाह नभएकाले मुद्दा हाल्दा धेरै समय जाने र इज्जतको लागि  भएपनि  पैसामा मिलाउन  पहल गरेको तर  केटीको बुवाले नमानेको स्वीकार गरेका छन् । घटना गाउँको भएकोले आफुले मिल्न सुझाव मात्र दिएको उनले सीधाकुरा जनतासँग बताएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार