शनिबार, श्रावण ३० गते २०८३
images

ट्रम्पको जित सुनिश्चित, बधाईको ओइरो


  • 1.7K
    SHARES
  • कार्तिक २१, २०८१ बुधबार

    काठमाडौं - अमेरिकामा भएको राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ। यद्यपि मत गणना भने अझै बाँँकीनै छ।

    निर्वाचनको पछिल्लो परिणाम अनुसार ट्रम्पले २६६ सिट र कमला ह्यारिसले २१९ सिट प्राप्त गरेका छन। लोकप्रिय मतमा पनि डोनाल्ड ट्रम्पले ५१.१% र कमला ह्यारिसले ४७.३% प्राप्त गरेका छन।

    राष्ट्रपतीमा निर्वाचित घोषणा भएपश्चात ट्रम्पले आउँदो जनवरी महिनाको २० गते पदभार ग्रहण गर्ने छन। 

    जित सुनिस्चित भएपछि डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरुलाई आफू विजयी भैसकेको घोषणा गरिसकेका छन।

    विश्वका नेताहरुले ट्रम्पलाई राष्ट्रपती बन्ने निश्चित भएपछी बधाईको ओइरो लाग्न थालिसकेको छ। ईजरायलका प्रधानमन्त्री, युक्रेनका प्रधानमन्त्री र राष्ट्रपती लगायतले बधाई दिएका हुन।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार