मंगलबार, भाद्र २ गते २०८३
images

विप्लव नेकपाले भन्यो - अबको जनयुद्ध मिसाइल आक्रमण, मुख्य लडाई प्रचण्डबिरुद्ध केन्द्रीत हुने

  • 3.5K
    SHARES
  • पौष ११, २०७५ बुधबार

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा विप्लव) ले  चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको १२६ औँ दिवसको अवसरमा काठमाडौँमा कार्यक्रम गरेको छ । उत्त कार्यक्रममा नेकपाका नेता हेमन्तप्रकाश ओलीले आफुहरु अबको जनयुद्ध पहिलेको जस्तो पुरानो तरिकाले नगर्ने बताए ।

     नेता ओलीले सुन काण्ड र निर्मला काण्डमा सरकारी पक्ष नै दोषी रहेको आरोप लगाउदै  वर्तमान ओली सरकार असफल भइसकेको बताए । उनले सत्तापक्ष कमजोर नबनाएसम्म वार्ता गर्नुको औचित्य नरहेको र अबको आफुहरुको मुख्य लडाई अध्यक्ष प्रचण्ड र नेकपाबिरुद्ध केन्द्रीत हुने बताए । ओलीले आक्रोशित हुँदै भने - केपी ओलीले आफूहरुलाई सिके राउतसँग तुलना गरे त्यसैले वार्तामा आएनौ ।

    उनले भने-अबको जनयुद्ध मिसाइल आक्रमणमार्फत् हुन्छ । चिनियाँ जनक्रान्तिका नेता माओत्से तुङको श्रमजीवी जनताका लागि माओको योगदान अविस्मरणीय रहेको बताउदै विप्लव नेतृत्वको नेकपाले अब नयाँ ढङ्गले जनयुद्ध गर्ने बताएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार