मंगलबार, भाद्र २ गते २०८३
images

माछापुच्छ्रे बैंकको नयाँ शाखा सुनकोशी शाखा कार्यालयको औपचारिक शुभारम्भ

  • 4.1K
    SHARES
  • पौष १२, २०७५ बिहीबार

    माछापुच्छ्रे बैंक लिमिटेडले सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले मिति २०७५ साल पौष १२ गते ओखलढुङ्गाको सुनकोशी गाँउपालिका स्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले क्रमशः प्रदेश सभाका सांसद श्री मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष श्री रुद« प्रसाद अधिकारी सँग संयुक्त रुपले गर्नुभयो । 

    यस अघि यो स्थानीय निकायमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवातपछि यस सुनकोशी गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । 

    बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८९ वटा शाखाहरु र ४६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । साथै, बैकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ । 
     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार