सोमबार, भाद्र १ गते २०८३
images

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखाको शुभारम्भ

  • 5.9K
    SHARES
  • माघ ४, २०७५ शुक्रबार

    माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडांै स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवात गरेको छ र तनहँुस्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ । 

    बैंकले मिति २०७५ साल माघ ४ गते काठमाडांै महानगरपालिका स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द« प्रसाद महतोले गर्नुभयो । 

    नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यस सँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ ।   

    बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ११२ वटा एटीएमहरु संचालनमा रहेको छ ।  


     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार