यतिबेला बलिउड र कलिउड चलचित्र नगरीमा सबैभन्दा व्यस्त नायिका को होला ? कसैले सोधी हाले, सिधै भन्न सकिन्छ । बलिउडमा प्रियंका चोपडा, कलिउडमा प्रियंका कार्की ।यी दुईको संयोग व्यस्ततामा मात्र होइन, बोल्डनेसमा पनि उस्तै देखिन्छ । उनिहरू म्युजिक भिडियो, कथानक चलचित्र, विज्ञापन चलचित्र जताततै देखिन्छन् । सामाजिक संजालहरूमा फ्यान फलोअर्स उत्तिकै छन् । दुवै प्रियंकाप्रति मरिहत्ते गर्ने दर्शक संख्या हजारौं वा लाखौंमा होइन, करोडौंमा छन् ।
हलिउडलाई फलो गर्ने धेरै कलाकार बलिउडमा भए जस्तै, बलिउडकी प्रियंकालाई कलिउडकी प्रियंकाले पनि फलो गर्छिन् । यतिसम्म की, प्रियंका कार्की आफ्नो इन्स्टास्टोरी समेतमा उनका तस्बिर राख्छिन् । उनले केहि दिन अगाडी आफ्नो इन्स्टास्टोरीमा बलिउड नायिका प्रियंकाको फोटो राख्दै ‘आई लभ दिस उमेन’ भनेर लेखेकी थिइन् । त्यसअघि पनि ‘यू आर क्यूट’ भन्दै पोस्ट गरेकी थिइन् ।
उनले खिचेका केहि तस्बिर तथा गतिविधि हेर्दा कलिउडकी नायिका प्रियंका र बलिउडकी प्रियंकाको एकअर्काका एटिच्यूट मेल खान्छन् । बलिउडकी प्रियंकाले आफुभन्दा १० बर्ष कान्छो हलिउड गायक निक जोनसँग केहि बर्षको प्रेम सम्बन्ध पश्चात विवाह बन्धनमा बाँधिइन्, त्यसैगरी यता बलिउडकी प्रियंकाले पनि आफुभन्दा कान्छो उमेरको अभिनेता आयुस्मान देशराज जोशीसँग केहि बर्षको प्रेम सम्बन्ध पश्चात अनुबन्धमा बाँधिएकी छिन् ।
यतिबेला, नेपालकी नायिका आफ्नो आयुस्मानसँग इन्डोनेसियाको बाली घुम्न गएकी छिन् । बालीबाट सार्वजनिक गरिएका केही बोल्ड तस्विरहरूले बलिउडकी बोल्ड नायिका प्रियंकाको झझल्को दिन्छ ।
कलिउडकी प्रियंका कार्की




बलिउडकी प्रियंका चोपडा



