आइतबार, श्रावण ३१ गते २०८३
images

सेक्स काण्डमा नाम आएपछि मान्छेको रवैया देखेर के सोच्दैथिइन् नायिका श्वेता

  • 29.7K
    SHARES
  • चैत्र २९, २०७५ शुक्रबार

    बलिउड अभिनेत्री श्वेता बसु प्रसाद फिल्म द ताशकंद फाइल्सबाट एक ठुलो पर्दामा फेरी आएकी छिन् । यो फिल्म शुक्रबारबाट रिलिज भएको छ । एक अन्तर्वार्तामा श्वेताले सेक्स काण्डमा नाम आएपछि मिडिया र अरु मान्छेको व्यवहारको बारेमा लिएर कुरा गरेकीछिन्। श्वेता बसु प्रसादले नेशनल अवार्ड समेत जितिसकेकी छिन् ।

    श्वेताले मकड़ी फिल्मबाट नेशनल अवार्ड जितेकी थिइन् । यो फिल्म बिशाल भारद्वाजको रहेको थियो । फिल्म र टेलिसिरियलमा प्रसिद्ध भएको केहि समय पछी यी नायिका सेक्स काण्डमा नाम आएपछि यिनको धेरै चर्चा भएको थियो । श्वेता अब फेरी फिल्म ताशकंद फाइल्सुको कारण चर्चामा छिन्। यो फिल्ममा श्वेताले पत्रकारको भूमिका निभाएकी छिन् । चलचित्र रिलिज हुनु पहिले श्वेताले आफ्नो करियर तथा आफुसंग जोडिएको विवादलाई लिएर बिस्तारमा प्रष्ट पारेकी छिन् ।

    यो पनि पढ्नुहोस्

    यौन व्यवसायी मलाई बनाउने श्रीमान नै हुन्

    अन्तर्वार्तामा श्वेताले भनिन( जब म ११ बर्षको थिए तव म प्रति मिडियाको ध्यान प्राप्त भएको छ । मलाई फिल्म मकड़ीबाट नेशनल अवार्ड मिल्छ । म यस प्रति आभारी छु । उनि प्रति कहिले ध्यान धेरै हुने गरेको छ त कहिले कम। हुन त यो सबैको साथ हुने गरेको छ । जो चर्चित हुन्छ उसलाई विवादास्पद परिस्थितिको पनि सामना गर्नुपर्ने हुन्छ । मैले यसको सामना गरेको छु । उनले भनिन( मलाइ एक अन्तर्वार्तामा बेवकुफ प्रश्न सोधियो र म डिप्रेसनमा परेको बताइयो ।

    तर मेरो दिमागमा नै आएन कि यस्तो शब्द मानिस किन प्रयोग गर्दछन र उनलाई कसरी थाहा भो कि म डिप्रेसमा पंरे भनेर। मेरो साथीहरु आजपनि मेरो मजाक उडाउने गर्दछन । हाम्रो लागि यो हांसी(मजाक हो । श्वेताले भनिन( जति पनि विवादास्पद काण्ड हुन्छ हामी प्रतिक्रिया पढेर धेरै हास्ने गर्दछौं । चाहे त्यो आफ्नो माथि हो वा अरुको माथि । यो ज्यादै रमाइलो र चटपटे हुन्छ । प्रत्येक कुराको सकरात्मक रुपमा लिनुपर्छ ।

    चाहे त्यो काम मा होस् चाहे जिबनमा होस् तर परिवारमा त्यसको असर पर्नु भएन ।यो तपाइको कामको हिस्सा हो । उनले भनिन कि मेरो सेक्स काण्डको मामलामा मिडियाले कसरी ह्यान्डेल गरेको थियो । सिनेमासंग जोडिएको प्रशंगको कवरेज गर्ने समय यी कुराको ध्यान राख्नुपर्छ । तर मिडिया सबन्धित बिषय भन्दा व्यक्तिगत बिषयमा बढी जाने गर्दछ । कति प्रश्न स्वभाविक भएपनि कति प्रश्न त ज्यादै अश्वभाबिक हुन्छ । तर मानिसलाई आफ्नो काममा पहिचान मिल्नुपर्छ ।

    शेताले सेक्स काण्डपछी मिडियाको पारा देखेर खुल्ला पत्र समेत लेखेकी थिइन् । रिपोर्टका अनुसार सन् २०१४ मा हैदरावादको बंजारा हिल्समा सेक्स काण्डमा श्वेताको नाम अगाडी आएको थियो। रिपोर्टमा श्वेतामाथि पैसाको लागि शरीर सुम्पेको आरोप लगाइएको थियो । यद्यपि श्वेताले आफु कुनै पनि सेक्स मामलामा संलग्न नभएको स्पष्टीकरण दिएकी थिइन् भने पछी उनलाई हैदराबाद सेशन कोर्टले पनि क्लिन चिट (निर्दोष साबित) दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार