युएई । मार्च-३१ तारिख अर्थात चैत्र १७ गते देखि हिमालय एयरलाइन्सले युएईको राजधानी अबुधाबीबाट पनि आफ्नो उडान सुरु गरेको हिमालय एयरलाइन्सका जिएसए फिस्टेल ट्राभल्स एण्ड टुरिजम एलएलसिका सञ्चालक एवं एनआरएनए आइसिसि सदस्य ठाकुर प्रसाद ढुङ्गानाले जानकारी गराएका छन । यसअगि युएईको विकसित शहर दुबईबाट हिमालय एयरलाइन्सको उडान भरिरहेको भएपनि राजधानी आबुधाबीबाट भने थिएनन ।
आज एक कार्यक्रम गरि अबुधाबी एयरपोर्टले हिमालय एयरलाइन्सलाई केक काटेर स्वागत गर्दै आबुधाबीबाट काठमाडौंका लागि प्रत्येक सोमबार, बुधबार र शुक्रबार उडान भर्ने भएको छ । भिजिट नेपाल 2020 स्वदेशी तथा विदेशी पर्यटकहरुको चापलाई मध्यनजर गरेर अबुधाबीमा पनि हिमालय एयरलाइन्सले आफ्नो सुविधा राखेको हो ।
उडानको समय तालिकाहरु विहान १:४५ बजे अबुधाबीबाट उडेको जहाज काठमाडौंमा विहान ८:४५ मा अवतरण गर्नेछ । त्यसैगरि साँझ ८:४५ मा काठमाडौंबाट उडेको जहाज ११:४५ बजे युएईको अबुधाबीमा आइपुग्ने छ। हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भर्दै आएको छ ।