असोज -३०, काठमाण्डौं। दशै पछाडी सुनको मुल्यले पुन: नयाँ रेकर्ड बनाएको छ। आज बुधबार सुनको मुल्य प्रती तोला १३ सयले बढेर १ लाख ६१ हजार ८ सय कायम हुन पुगेको छ। सुनको प्रतिदिन बढ्ने क्रममै रहेको देखिन्छ।
अघिल्लो दिन सुनको मुल्य १ लाख ६० हजार ५०० रुपैयाँ रहेको थियो। त्यस्तै चाँदीको मूल्य २५ रुपैयाँले बढेर १९५० रुपैयाँ कायम भएको छ।