मंगलबार, भाद्र २ गते २०८३
images

जिप दुर्घटना हुँदा पूर्वसांसदसहित दुईको मृत्यु

  • 3.7K
    SHARES
  • चैत्र २८, २०७५ बिहीबार

    गुल्मी । जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१ च्यानडाँडामा लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अर्का एक मृतकको भने पहिचान भएको छैन । दुर्घटनामा ८ जना घाइते भएका छन् । जिप दर्लिनबाट सदरमुकाम तम्घास जाँदै गरेको जिपमा १० जना सवार थिए ।

    जिप करिब २ सय मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम तम्घास र वामी टक्सारमा लगिएको छ ।

    पूर्वसांसद भण्डारी २०४७ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार