आइतबार, श्रावण ३१ गते २०८३
images

 मिनी ट्रक दुर्घटना भै मृत्यु भएका २१ जनाको सम्झनामा दिप प्रज्वलन

  • 5.1K
    SHARES
  • पौष १८, २०७५ बुधबार

    १८,पुष,काठमाडौँ । २८ मङ्सिर नुवाकोटको दुप्चेश्वर गाउपालिकाको वडा नम्बर १ घ्याङ्फेदीमा  मिनी ट्रक दुर्घटना भै मृत्यु भएका २१ जनाको आत्माको शान्तिको कामना गर्दै (सम्झना )  आज दिप प्रज्वलन गरिएको छ । बा ३ ख ३९१३ न.को उत्त मिनी ट्रक  घ्ङ्याफेदी घेवारको सिसिफुमा दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा र ३ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने १६ (३ को मृत्यु सहित )  जना घाइते भएका थिए ।

     

    दुर्घटनामा परि  मसिनो तामाङ,रिबल तामाङ,कृष्ण बहादुर तामांग,मंगले तामांग,सुनश्री तामांग,टोकले बहादुर तामांग, बीबी माया तामांगको मृत्यु भएको थियो । त्यस्तै केनम तामांग,सुकुराम तामांग,खाप्सुङ तामांग,सिजामाया तामांग,मिन्मर तामांग,भिम तामांग,मीन तामांगको मृत्यु भएको थियो । त्यस्तै  मृत्यु हुनेहरुमा सुनी लामा ,लक्ष्मण तामांग,सेलपोल तामांग,बिर बहादुर तामांग,आइते तामांग,छोवांग सेनाम तामांग र रितेश पण्डित रहेका छन् ।

    आज बेलुका काठमाडौँको शंकपार्कमा दिप प्रज्वलन गरि उनीहरुको सम्झना गरिएको छ भने मृतक परिवारको सहयोगार्थ सहयोग रकम प्रतिबद्धता समेत आएको छ । कार्यक्रम शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान नुवाकोट र दोन डुप प्रतिष्ठान नुवाकोटले संयुत्त रुपमा गरेको थियो । उत्त श्रद्धाञ्जली कार्यक्रममा सांसद हित बहादुर तामांग, सांसद नारायण खतिवडा, प्रदेश सांसद बद्रि मैनाली तथा ३ नम्बर प्रदेश उप-सभामुख राधिका तामांग लगायतको उपस्थिती रहेको थियो । ३५  जना चढेको उत्त मिनी ट्रक भीरबाट करीब ३००  मिटर भन्दा तल खसेको  थियो ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार