मंगलबार, भाद्र २ गते २०८३
images

माछापुच्छ्रे बैंकको नयाँ शाखाको शुभारम्भ

  • 4.4K
    SHARES
  • पौष १८, २०७५ बुधबार


    माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मिति २०७५ साल पौष १८ गते काठमाडांैको काठमाडांै महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक श्री राम मान श्रेष्ठले गर्नुभयो । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको छ। यस सगैँ काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ ।   

    बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ८८ वटा शाखाहरु र ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ। साथै, बंैकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ।  

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार