बुधबार, भाद्र ३ गते २०८३
images

चुनाव प्रचारका क्रममा केजरीवालमाथि झापड : आप' ले लगायो बीजेपी माथि आरोप

  • 6.4K
    SHARES
  • बैशाख २१, २०७६ शनिबार

    दिल्लीका मुख्यमन्त्रि अरविंद केजरीवाललाई  एक अपरिचित व्यक्तिले सडक र्यालिका क्रममा  झापड हानेका छन्। यो घटना हुँदा अरविंद केजरीवाल नयाँ दिल्ली लोकसभा चुनावमा आम आदमी पार्टीको  प्रत्याशी ब्रजेश गोयलको लागि भोट मागिरहेका थिए। केजरिवाल माथि झापड हान्ने मानिस उनीप्रति निकै  निराश देखिन्थे । नयाँ दिल्ली लोकसभा चुनावका क्रममा मोतीनगरमा यो घटना खुल्ला गाड़ीमा सवार भै सडक र्याली गर्दा भएको थियो  ।

    झापड हान्नेको अहिलेसम्म पहिचान हुन् सकेको छैन तर आम आदमी पार्टीले यसको पछाडी बीजेपीको हात रहेको आरोप लगाएको छ । आपका  प्रवक्ता सौरभ भारद्वाजले भने, बीजेपीको नेता कार्यकर्ता धेरै घृणा गर्दछन । तर यो आरोपको लिएर बीजेपीका प्रवक्ता जफर इस्लामले भने,  दिल्लीका  जनता अरविंद केजरीवालसंग निकै दुखि छन् । उनले भने बीजेपीको कोइ  कार्यकर्ता यस्ता कुरामा विश्वास गर्दैनन् । म यसलाई ठिक भन्दिन तर उनले पहिले पनि माक्स लगाएर केजरिवाल आफैले आफैलाई झापड हान्न लगाएका छन् । मलाई यो पटक उनलाई कुनै सहानुभूति मिल्छ भन्ने लाग्दैन । 

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार