मंगलबार, भाद्र २ गते २०८३
images

माछापुच्छ्रेले ल्यायो रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप ८ शाखा रहित बैकिंङ्ग सेवा

  • 4.2K
    SHARES
  • पौष २२, २०७५ आइतबार

    माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग, भोजपुर र डडेलधुरा मा ८ शाखा रहित  बैकिंङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखा रहित बैकिंङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यससँगै डडेलधुरामा पर्ने वागेश्वर गाँउपालिको रुपाल र गन्यापधुरा गाँउपालिको बदलमा २ शाखा रहित  बैकिंङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

    यसका साथै भोजपुरमा पर्ने ट्याम्के मैयुङ् गाँउपालिको कोट र पाँचधारे, सदानन्द नगरपालिको साङ्पाङ् र पौवाडुङ्मा गाउँपालिकाको च्याङ्रेमा पनि ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द«हरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ ।

    यो सहित माछापुच्छ«े बैंक लिमिटेडको हालसम्म ५२ शाखा रहित  बैकिंङ्ग सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । 

    बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण  बैकिंङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ११० वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार