मंगलबार, भाद्र २ गते २०८३
images

खगेन्द्र संग्रौलाको कडा प्रश्नमा बाबुराम भट्टराईको यस्तो जवाफ

  • 7.3K
    SHARES
  • बैशाख २४, २०७६ मंगलबार

    खगेन्द्र संग्रौलाले ट्वीट गर्दै बाबुराम भट्टराईप्रति व्यंग्यात्मक रुपमा लेखेका छन्, ‘सार्वजनिक मञ्चमा धरी राजसी गाथको रक्षार्थ बडो दम्भी मुद्रामा पछाडि पिस्तोलधारी सिपाहीलाई खडा गराउने मान्यवर क्रान्तिकारीले लोकलाई दिने लोकतन्त्र र समाजवादको अनुहार कस्तो होला ?’ तर उनको  त्यो व्यंगलाई जवाफ दिंदै  भट्टराईले  लेखेका छन्, ‘धन्यवाद, वरिष्ठ ब्रो, फोटोमा देखिएको हाम्रो यो कानेखुशी यही सुरक्षाकर्मीलाई हटाउने विषयमा थियो । मैले त हटिसकेको होला भन्ने ठानेको थिएँ, पछि फर्केर पुनः चेक गर्न बिर्सिएछ’  । 

    हिजो संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच  एकता घोषणा कार्यक्रममा मञ्च मै नेताहरुलाई सुरक्षाकर्मीले पहरा दिएको बिषयमा उनिहरु बिच दोहोरी भएको हो  । संग्रौलाले समाजवादमाथि प्रश्न उठाएपछि उनको जवाफ भट्टराईले आफ्नो पार्टीको समाजवादलाई सक्कली जिनिस भनि दिएका  छन् । उनले भनेका छन्, ‘हाम्रो समाजवाद अर्को नक्कली जिनिस हैन, साँच्चिकै उन्नत संघीय समाजवाद नै हुनेछ ।’

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार