शनिबार, श्रावण ३० गते २०८३
images

अण्डा उत्पादक संघको विवाद उत्कृर्षमा,अध्यक्षले दिए राजीनामा

  • 6.3K
    SHARES
  • जेठ २४, २०७६ शुक्रबार

    चितवन । नेपाल अण्डा उत्पादक संघको विवाद उत्कृर्षमा पुगेको छ । सौराहामा आयोजित १५ औं वाषिर्क साधारण सभामा वहुमत सदस्यहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि कँडेलले आफ्नो कार्यसमिति नरहेको घोषणा गरेका हुन् ।

    अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघमा आवद्ध सदस्यहरुले हस्ताक्षर समेत संकलन गरेका थिए । साधारणसभा सुरु भए लगत्तै गोविन्द शर्माले अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन । लगत्तै संघका अध्यक्ष कँण्डेलले वर्तमान कार्यसमिति र निवर्तमान अध्यक्षबाट सहयोग नपाएको गुनासो गर्दै सदस्यहरुको प्रस्तावलाई समर्थन जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिएका छन ।
    कंडेलले सप्लार्यससँग कमिसन खाएर किसानहरुको हकहितविरुद्ध काम गरेको आरोप किसानहरुको छ । अण्डाको मुल्य भारी गिरावट आउँदा समायोजनका लागि अध्यक्षले पहल नगरेको, संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न नसकेको, राज्यसँग आवश्यक लविङ गर्न नसकेको आरोप उनीहरुको छ ।

    लगतै अध्यक्ष कँडेलले आफू अध्यक्ष नरहेको घोषणा गर्दै साधारण सभाबाट वाहिरिएका छन् ।

    किसानहरुले भने निवर्तमान अध्यक्ष शिवराम केसीलाई अध्यक्ष वनाउने घोषणा गरिएको छ ।

    साधारणसभा भएपनि विषेश अधिवेशन मानेर नयाँ कार्यसमिति चयन गर्ने तयारी छ । साधारण सभामा नेपालभरका अण्डा उत्पादक किसानहरु सहभागी छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार