शनिबार, श्रावण ३० गते २०८३
images

गाउँपालिकाले चौंरी प्रवद्र्धनमा लगानी गरेपछि कृषक उत्साहित

  • 3.7K
    SHARES
  • जेठ ३२, २०७६ शनिबार

    रामेछाप । गोकुलगंगा गाउँपालिकाले चौंरी प्रवद्र्धनमा लगानी गरेपछि कृषकहरु उत्साहित भएका छन् ।

    चौंरीपालन व्यवसायलाई कार्यक्रममा नै समावेश गरेर गाउँपालिकाले योजना अघि बढाएपछि कृषकहरु उत्साहित भएका हुन् ।

    गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले यस आर्थिक वर्षमा चौंरी प्रवद्र्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले बजेट विनियोजन गरेको बताएका छन । गाउँपालिकाले गरेको कामलाई थप सहयोग गर्न प्रदेश ३ सरकारले पनि बजेट विनियोजन गरेको उनले बताएका छन ।

    लेकको जंगलमा बस्ने चौंरीपालक कृषकलाई प्रोत्साहित गर्न सरकारले बजेट विनोजन गरेपछि कृषकहरु उत्साहित भएका छन् । गोकुलगंगा गाउँपालिका–१, चुचुरेको खहरेका कृषक डुक्पा शेर्पा सरकारले चौंरीका लागि पहिलोपटक बजेट व्निियोजन गरेको बताउँछन् ।
    ‘गाउँपालिकाले ५ लाख रुपैयाँ छुट्याएको रहेछ । प्रदेश सरकारले १० लाख छुट्याएको छ भन्ने सुनियो । हुन त त्यती पैसाले केही हुने हैन । तर चौंरी पाल्ने किसानलाई सम्मान गर्दै सरकारले बजेट छुट्याउन लाग्यो । यसले हामीलाई काम गर्न उत्साहीत बनाएको छ’, शेर्पाले भने ।

    जिल्लाको गोकुलगंगा गाउँपालिकाको चुचुरे र गुम्देलमा कृषकहरुले चौरी पालन गर्दै आएका छन् । त्यसैगरी, दोरम्बा गाउँपालिकाको शैलुङ क्षेत्रमा पर्ने डडुवा र गौश्वारमा पनि चौंरी पालन छ ।

    सरकारी वन सामुदायीक वनमा परिणत भएसँगै जंगलमा चौंरी छाड्न नदिने, बढ्दो तापक्रम तथा जंगलमा घाँसको उत्पादन कम हुँदै जाँदा चौंरीपालन व्यवसाय संकटमा पर्दै गएको छ । यसको प्रवर्धनको लागि सरकारीस्तरबाट पहल नहुने हो भने चौंरी लोप हुने चौंरीपालकहरु बताउँछन् ।

    चौंरीको दूधबाट चीज, दुर्खा, छुर्पीलगायत बन्छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार