सोमबार, भाद्र १ गते २०८३
images

धादिङको गल्छीमा बोलेरो दुर्घटना, ५ जनाको मृत्यु, १० जना घाइते (मृतक र घाइतेको नामसहित)

  • 6.6K
    SHARES
  • आषाढ ६, २०७६ शुक्रबार

    काठमाडौं । धादिङको गल्छी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार गल्छी–६ बाजगाउँस्थित भित्री कच्ची सडकखण्डबाट बैरेनी हाइवेतर्फ आइरहेको बा १८ च ९४०८ नम्बर बोलेरो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा बाटोमा लैजाँदै गर्दा मृत्यु भएको हो ।

    घटनास्थलमै मृत्यु हुनेहरुमा गल्छी गाउँपालिका ४ का ३८ वर्षीय राजु रम्तेल, सोही ठाउँका ३२ वर्षीय सेतु मिजार, गल्छी ६ की ३० वर्षीया कान्छी भुजेल र सोही ठाउँकी २५ वर्षीय नानु तामाङ रहेकी छन् । त्यस्तै गल्छी गापा– ४ बस्ने बर्ष २१ की सबिता अधिकारीको उपचारको लागी काठमाण्डौतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । उनको शव अहिले शिब दर्शन अस्तपाल धार्केमा नै रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।  ११ जना घाईतेहरुलाई स्थानीहरुले उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौ की बैरेनीबाट प्रनानि को कमाण्डमा ६ जनाको टोली उद्धारमा खटिएको जनाइएको छ । घाईतेहरुलाई थप उपचारको लागि काठमाडौं ट्रमा सेन्टर पठाईएको छ । 

    गल्छी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी ट्रमा सेन्टर रिफर भएकाहरुः  

    गल्छी गापा–४ बस्ने बर्ष ६२ को विष्णु अधिकारी अबस्था गम्भिर । 
    गल्छी गापा–४ बस्ने बर्ष३५ की सुनिता मिजार अबस्था गम्भिर ।
    गल्छी गापा ४ बस्ने बर्ष २३ की सुजिता अधिकारी अबस्था गम्भिर । 
    गल्छी गापा–४ बस्ने बर्ष १५ को सन्तोष रम्तेल अबस्था गम्भिर । 
    गल्छी गापा– ४ बस्ने बर्ष ७० को कृष्ण सार्की अबस्था गम्भिर । 
    गल्छी गापा–४ बस्ने बर्ष २८ की रेनु भण्डारी अबस्था गम्भिर ।  
    गल्छी गापा–४ बस्ने बर्ष ३५ को राम कृष्ण प्याकुरेल अबस्था गम्भिर । 
    हाल नाम थर वतन नखुलेको ३ जनाको अबस्था गम्भिर । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार