असार २५, काठमाण्डौं - नेपाल राष्ट्र बैंकले भुक्तानी प्रदायक तथा सेवा प्रदायक कम्पनीको संचालककालागि कडाइ गरेको छ। राष्ट्र बैंकले भुक्तानी र सेवा गर्ने अनुमती दिने सम्बन्धि नीति २०७९ लाई पहिलो पटक संशोधन गर्दै यस्तो जनाएको हो। संशोधित नितिमा एकै पटक बित्तीय क्षेत्रमा काम गर्ने व्याक्ती दुई वटा कम्पनीमा संचालक बस्न नपाउने भनिएको छ।
राष्ट्र बैंकका अनुसार हालसम्म २७ वटा भुक्तानी सेवा प्रदायक ( मोबाइल वालेट/ इलेक्ट्रोनिक भुक्तानी) कम्पनिले अनुमति लिएका छन। हाल सम्म करिब एक करोड ८३ लाख मोबाइल वालेट प्रयोगकर्ताहरु रहेका छ।
वालेट प्रयोगकर्ता बढेसंगै राष्ट्र बैंकले एउटै ब्याक्ती दुई बित्तीय संस्थाको संचालकमा बस्दा भविष्यमा संकट निम्तिन सक्ने हुदा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा एउटै ब्याक्ती एकै समयमा दुई संस्थामा कुनै पनि पदमा बस्न नपाउने ब्यवस्था गरेको हो।
हालको समयमा नगद भुक्तानी भन्दा वालेट भुक्तानी सहज बनेको छ। सामान खरिद देखि लिएर बिजुली, टेलीफोन, ईन्टरनेट, लगायतका विभिन्न क्षेत्रमा सहज तरिकाले घरमै बसेर भुक्तानी गर्न सकिन्छ।