आइतबार, श्रावण ३१ गते २०८३
images

जन्ती चढेको बस दुर्घटना, ३५ जना घाइते, ४ जनालाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइयो

  • 3.8K
    SHARES
  • माघ ४, २०७५ शुक्रबार

     दोलखामा जन्ती चढेको बस गुड्नेबित्तिकै बस दुर्घटनामा पर्दा ३५ जना घाइते भएका छन् । शुक्रबार बिहान दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर९४, मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली जान लागि तयार बा २ ख ३७६० नम्बरको बस स्टार्ट गर्नासाथ दुर्घटना भएको थियो ।

    बिहेघर अगाडि नै भएको दुर्घटनामा करिब ३५ जना घाइते भएका छन् । बस दुर्घटना हुँदा घाइते भएका ४ जनालाई हेलिकप्टरबाट काठमाण्डौ लगिएको दोलखाका प्रहरी निरीक्षक तथा प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए।

    तामाकोशी गाउँपालिका वडा नम्बर९४ का कुमोदराज योगी, ४९ वर्षीय उद्धव पोखरेल, १७ वर्षीय टोप बहादुर मिजार र २२ वर्षीय रन्जीत मिजारलाई धुलिखेल अस्पताल शाखा किर्नेटारमा सामान्य उपचार गरी काठमाण्डौ पठाइएको हो ।

    त्यसैगरी २४ वर्षीय विकास मिजार र तामाकोशी गाउँपालिका वडा नम्बर९५ का १७ वर्षीय सरोज खड्कालाई एम्बुलेन्सबाट काठमाण्डौ पठाइएको छ ।

    घाइतेमध्ये १३ जनाको प्रस्तावित चरिकोट अस्पतालमा, ३ जनाको दोलखा सामुदायिक अस्पतालमा र ३ जनाको धुलिखेल शाखा अस्पताल किर्नेटारमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु प्राथमिक उपचार पछि घर फर्किएका दोलखा प्रहरीले जनाएको छ ।बेहुला भने छुट्टै गाडीमा बसेका हुनाले सुरक्षित रहेको जनाइएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार