मंगलबार, भाद्र २ गते २०८३
images

आईसीयूमा उपचार गराइरहेका डाक्टर केसीलाई वार्डमा सारिँदै

  • 2.2K
    SHARES
  • माघ ६, २०७५ आइतबार

    काठमाडौं । शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका डाक्टर गोविन्द केसीलाई वार्डमा सार्ने तयारी भएको छ । केसीले आईसीयूमा भन्दा आफूलाई वार्डमा नै राख्न आग्रह गरेकाले सार्न लागिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । अरु विरामीले आईसीयूमा शैया नपाएको भन्दै केसीले आफूलाई वार्डमा सार्न आग्रह गरेका उनका सर्कथकले बताएका छन् ।

    यस्तै उनको स्वास्थ्य अवस्थाबारे पछिल्लो रिपोर्ट पनि केहीबेरमा सार्वजनिक गर्ने तयारी छ । केसी १२ दिनदेखि अनशनमा छन् ।यसैबीच, गोविन्द केसीको समर्थनमा आज देशभरका आवासीय डाक्टरले कालोपट्टी बाँधेर विरामी जाँचिरहेका छन् । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार