आइतबार, श्रावण ३१ गते २०८३
images

मन्थलीमा बस दुर्घटना : २ जनाको मृत्यु, २३ जना घाइते ( नामावलीसहित )

  • 4.7K
    SHARES
  • माघ ६, २०७५ आइतबार

    राजिव कार्की

    रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं–१ मच्छेडाँडीमा आइतबार दिउँसो एउटा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । छिमेकी जिल्ला ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौं जान हिँडेको बा ४ ख ४२१० नम्बरको अरनिको यातायात सेवा समितिको बस मन्थली नगरपालिकाको मच्छेडाँडीमा ब्रेक फेल भएर  दुर्घटना भएको बताइएको छ । 

    बसमा रहेकामध्ये ओखलढुङ्गा जिल्ला फुलबारी घर भएका अन्दाजी २६ वर्षका प्रेम भनिने ओमबहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै घटनामा गम्भीर घाइते भएका मन्थली नगरपालिका वडा नं–५ सुनारपानीका अन्दाजी वर्ष २८ का निरोज भुजेलको उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    त्यस्तै दुर्घटनामा परी मन्थली नगरपालिकाका ५ का गौतम भुजेल, नारायण कार्की, सरोज कार्की, भक्तबहादुर भुजेल, एलिजा भुजेल, अजय भुजेल,रामेछाप नगरपालिका वडा नम्वर ३ साँघुटारका ईश्वर महत्त,ओखलढुङ्गाका नवराज पाण्डे, खड्ग भुजेल, मिलन गुभाजु, चिना माया माझी, अर्जुन तामाङ, बर्दिया जिल्ला घर भएका भोलाराम थारु, बलदेव थारु लगायत २३  जना घाईते भएका छन् ।

     दुर्घटनामा परि घाइते भएकाहरुको दुर्घटनास्थलवाट प्रहरी तथा स्थानीयलगायतको टोलीले उद्धार गरी मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ । तामाकोशी सहकारी अस्पतालका निर्देशक डा.सुमन कर्माचार्यका अनुसार उनिहरुको अवस्था सामान्य छ ।  गम्भीर घाइतेलाई काठमाण्डौ रिफर गरिएकोे छ भने सामान्य घाईतेहरु भने उपचारपछि घर फर्कीएका छन् । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार