सोमबार, भाद्र १ गते २०८३
images

मापसे गरेर कार चलाउँदा जमलमा ‘भयानक’ दुर्घटना

  • 4.2K
    SHARES
  • आषाढ १४, २०७६ शनिबार

    काठमाडौं । काठमाडौंको जमलमा एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।

    ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन ।

    दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।

    ‘चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो । दुर्घटना भयानक भए पनि सबै सकुशल छन्,’ दरबारमार्ग प्रहरी स्रोतले भन्यो, ‘कार कामै नलाग्ने गरी क्षतविक्षत भएको छ ।’
    उक्त कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा जोतिएको छ । दुर्घटनाको तस्वीर हेर्दा कारको इन्जिन सडकमै उछुट्टिएको देखिन्छ र फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ ।

    दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमासमेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार