सोमबार, भाद्र १ गते २०८३
images

कांग्रेसले प्रियंकालाई महासचिव बनाएपछि प्रधानमन्त्री मोदीको व्यंग : कुनै व्यक्तिको लागि परिवार नै पार्टी हो

  • 3.4K
    SHARES
  • माघ ९, २०७५ बुधबार
    भारतीय कांग्रेसका अध्यक्ष राहुल गांधीले बुधबार कांग्रेस पार्टीका महा सचिवको रूपमा बहिनी प्रियंका गांधी वाड्रालाई नियुक्त गरेपछी प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले प्रियंकाको नाम नलिई कांग्रेसप्रति व्यंग्य गरेका छन् । प्रधानमन्त्री मोदीले कुनै व्यक्तिको लागि परिवार नै पार्टी हो भनेका छन् । उनले भाजपामा भने- पार्टी नै परिवार भएको बताए । मोदीले भने- लोकतान्त्रिक सिद्धान्तको पालना केवल भाजपाले मात्र गर्छ । प्रधानमन्त्री मोदीले भने- कांग्रेस मुक्त देशको मतलब कल्चर हो हाम्रो विरोध कांग्रेसको संस्कृतिको  हो । प्रियंका गान्धी पुर्व प्रधानमन्त्री राजीव गान्धी तथा सोनिया गांधीकि छोरी हुन् । उनले पार्टीमा पहिलो पटक पद प्राप्त गरे पछि अब लोकसभा चुनाव लड्ने अड्कल गरिएको छ। प्रियंकाको जन्म १२ जनवरी १९७२ मा भएको थियो भने बिवाह सन् १९९७ मा रोबर्ट वाड्रासग भएको थियो । उनले दिल्ली युनिभर्सिटीको जिसस एण्ड मेरी कलेजबाट साइकोलोजी गरेकी छिन् । उनको राजनीति २०१९ मा कांग्रेस महासचिव बाट सुरु भएको छ ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार