सोमबार, भाद्र १ गते २०८३
images

स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम तत्काल सुरु हुने

  • 4.5K
    SHARES
  • माघ १३, २०७५ आइतबार

    काठमाडौं, माघ १३ । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम तत्काल सुरु हुने भएको छ । यो खण्डको स्तरोन्नतिको लागि चीनले टेण्डर गरिसकेको छ ।

    अब काम थाल्न तयारी सुरु गरिएको सडक विभागमा विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख कुवेशकुमार शर्माले जानकारी दिएका छन । यो खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भएर विभागले त्यसलाई स्वीकृत गरेपछि चीनले टेण्डर गरेको थियो ।
    चीनले स्तरोन्नति गर्ने यो सडक खण्ड १६ किलोमिटर लामो छ । चीनले यो सडक खण्ड दुई लेनमा विस्तार गर्ने गरी काम अघि बढाउन लागेको छ ।

    हाल यो सडक खण्ड साँघुरो हुँदा रसुवागढीबाट समान लिएर आउने गाडीलाई पनि चल्न मुस्किल पर्ने अवस्था छ । विभागमा अनुसार केही ठाउँमा जटिल भूगोल भएकाले स्तरोन्नतिको काम चुनौतिपूर्ण छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार