शनिबार, श्रावण ३० गते २०८३
images

पशुपतिनाथको दर्शन गरि तपाइको आजको दिन कस्तो छ ? राशिफल हेर्नुहोस !

  • 13.3K
    SHARES
  • श्रावण ३, २०७६ शुक्रबार

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- प्रेममा सफलता पाइनेछ । अतिथिको रूपमा सत्कार पाइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको धन पाइएला ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- सामान हराउने वा चोरी हुने भयछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- पदोन्नतीको सम्भावना प्रवलछ । नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । परिवारिक सद्भाव बढ्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अचल सम्पत्ति हात पर्ने योगछ । आर्थिक वृद्धि हुनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुव्ने भयछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- आफन्त संग भेट घाट हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

    ( ज्यो.प. नारायणप्रसाद दुलाल

    977-9849559502

    अधिक जानकारीको लागि )

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार