शनिबार, श्रावण ३० गते २०८३
images

पशुपतिनाथको दर्शन गरि तपाइको आजको दिन कस्तो छ ? राशिफल हेर्नुहोस !

  • 11.4K
    SHARES
  • श्रावण ७, २०७६ मंगलबार

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवनपनि सन्तोषप्रद रहनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सोचेका काम पूरा हुनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- मनोरञ्जनमा सहभागी भइएला । रमणीय र सुखद् यात्राको योग छ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- धार्मिक यात्राको योगछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । प्रेमीको सहयोग मिल्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।

    ( ज्यो.प. नारायणप्रसाद दुलाल

    977-9849559502

    अधिक जानकारीको लागि )

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार