मंगलबार, भाद्र २ गते २०८३
images

आईजीपीको दस्तखत कीर्ते गर्ने वाईसीएल नेता पक्राउ

  • 8.8K
    SHARES
  • मंसिर १२, २०७५ बुधबार

    १२ मंसिर, वीरगञ्ज । राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको धोविनी गाउँपालिका वडा नं. ३ हरिहरपुर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १३ डेरा गरी बस्ने २६ वर्षीय सन्तोष कुमार पाण्डेय (आलोक)लाई पक्राउ गरेको हो । पाण्डेय वाईसीएलका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।

    उनले राष्ट्रिय अनुसन्धानको प्रहरी जवान र प्रहरी सहायक निरीक्षक पदमा योग्यता अनुसारको जागिर लगाइदिने भनी विभिन्न व्यक्तिलाई विश्वासमा पारेर ७ लाख २० हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ठगी गर्नका लागि पाण्डेयले किर्ते लिखत कागज तयार गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम सहितको दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत उनीहरुलाई दिएका थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार